लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने
काठमाडाैं | पुस २६, २०७९
काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।
लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले सुनाएका हुन् ।
यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । ‘अध्यक्षज्युले विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय लिनुभएको छ’ भण्डारीले अनलाइनखबरसँग भने ।
प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

